शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुन: सञ्चालन
काठमाडाैं | माघ ७, २०८१
काठमाडौं: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुन:सञ्चालनमा आएको छ ।
अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।
उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो ।
सम्पूर्ण विभाग÷वार्ड÷शाखा÷ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

